प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव दर्ता
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव नेपाल समूहका ३२ सांसदका तर्फबाट दर्ता भएको अविश्वासको प्रस्ताव पूर्व मन्त्री समेत रहेका सांसद इन्द्र आङ्बोले आइतवार प्रदेश सभामा पेश गरेका हुन् ।प्रतिनिधि सभा विघटन सम्बन्धमा मतान्तर भएकाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको आङ्बोले बैठकमा बताए ।