सम्माननीय केपी ओली हो कि एउटा टोले गुण्डा खड्गप्रसाद ओली हो : गगन थापा


काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याएको आरोप लगाएका छन्।

पार्टीको विरोध सभालाई नवलपुरमा सम्बोधन गर्दै नेता थापाले अदालत धम्क्याउने केपी शर्मा ओली सम्माननीय प्रधानमन्त्री हो कि टोले गुण्डा खड्गप्रसाद ओली भनेर प्रश्न गरे। उनले भने म प्रधानमन्त्रीलाई सम्माननीय प्रधानमन्त्री भनेर भन्थें।

तर मेरो प्रधानमन्त्री केपी शर्मा ओली आजको दिनमा सम्माननीय केपी शर्मा ओली हो कि एउटा टोले गुण्डा खड्गप्रसाद ओली हो? उहाँले बोलेको शब्द हेरौं। मलाई यो भन्दैगर्दा रत्तिभर पनि खुसी लागेको छैन। तर मेरो प्रधानमन्त्रीले उच्चारण गरेका शब्द सम्झिनुस् त निर्वाचन आयोगका बारेमा, अदालतका बारेमा, आफ्नै पार्टीका साथीका बारेमा, हाम्रा बारेमा। यो प्रधानमन्त्रीले बोल्ने शब्द होर? प्रधानमन्त्रीको मर्यादा हो यो? प्रधानमन्त्रीले कसैको मर्यादा राख्न नपर्ने, अनि खड्गप्रसाद ओलीलाई सम्माननीय भनेर हामीले मात्र तिनको मर्यादा राख्न पर्ने? जनताले मात्र राख्न पर्ने ? राख्दैनन्।

पार्टीभित्र झगडा गरेर, काम नगरेर लाज पचाएर संसद भंग गरेको उनको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *