दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठ एकसाथ


काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले सर्ट फिल्म ‘वरदान’ मा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘वरदान’को छायांकन सकिएको छ ।

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय ‘वरदान’मा उठान गरिएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउने निर्देशक लामा बताउँछन् ।कोसिस नेपालले निर्माण गरेको ‘वरदान’मा मा मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् ।

कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस उठेकाले यस विषयमा फिल्म बर्नाएको निर्देशक लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *