सिंगटी हाइड्रोको आईपिओ भर्नु भयो ? आज अन्तिम दिन


सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दालाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दालाई १४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

यस आईपिओमा दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ । आईपिओ निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २१ गते शेयर निष्काशनको अनुमति दिएको हो । स्थानीयलाई पछि कम्पनीले सर्बसाधारणलाई २९ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *