नारायणी डेभलपमेन्ट बैंकको हकप्रद, आवेदन आज अन्तिम दिन


नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (फागुन ३ गते, आइतबार) अन्तिम मौका रहेको छ ।
बैंकले आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि हकप्रद सेयर बिक्री गरिरहेको छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले १स्१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पौष २९ गते, बुधबार एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका ९बुक क्लोज० गरेको थियो । त्यसैले, पौष २८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ ।
बैंकको हकप्रदलाई इक्रा नेपालले इक्राएनपीआईआर सिङ्गल सीु रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौँ, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *