विनयजंग बस्नेतविरुद्ध सपना मगरको प्रहरीमा उजुरी
पशुपतिमा वेवारिसे शव जलाएर प्रशंसा बटुल्दै बीबीसीको १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । आइतबार उनले बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएकी हुन् ।
एक समय सपना विनयलाई बुवा भनेर सम्बोधन गर्ने गर्थिन् भने विनय सपनालाई छोरी भन्थे । तर पछिल्लो समय आपसी विवाद बढेपछि सपना विनयविरुद्ध उजुरी दिन प्रहरीमा पुगेकी हुन् । पछिल्लो समय विनयले सपनामाथि यौन दुव्र्यवहार गरेको आरोप समेत लागेको छ ।
सपनाका अश्लील फोटो आफूसँग मोबाइल र पेनड्राइभमा सुरक्षित रहेको भन्दै युट्यबुमा अन्तर्वार्ता दिएपछि उनीहरुभित्रको विवाद थप बाहिर आएको हो ।
विनयले सपनामाथि धम्कीपूर्ण चेतावनी दिएपछि महिला अधिकारकर्मीले प्रहरीमा उजुरी दिएर कारवाही गर्नुपर्ने माग उठाएका थिए ।
सोही क्रममा आइतबार उजुरी दर्ता भएको हो । परिसरका एसएसपी अशोक सिंहले विनयविरुद्ध उजुरी दर्ता भएको पुष्टि गर्दै थप अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी मागिएको बताए ।