केरुङ नाकामा आयात-निर्यात सहज बनाउ : नेपाली कांग्रेस (विज्ञप्तिसहित)
काठमाडौं। नेपाली कांग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आयात–निर्यात सहज बताउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमानाकाहरूमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यकता भएपनि अहिलेसम्म नाका सहज नहुनु दुःखद् भएको कांग्रेसको भनाइ छ।