पसलहरूमा किन कागती र खुर्सानीलाई धागोमा उनेर झुण्डाइन्छ ?


पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ ।

हुन त यसलाई अन्धविश्वास भनेर टार्न सकिएला तर कागती र खुर्सानीको यो संयोगले स्वास्थ्य पनि राम्रो बनाउँछ । वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । हुन पनि घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ । सबैले घरमा रुख रोप्न नसक्ने भएकाले कागती र खुर्सानीको एक सेटले काम चलाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *