असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न काँग्रेसको अपिल


काठमाडौं । सरकारको असंवैधानिक कदमविरुद्ध सबै दलहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेको छ ।नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा व्यापकताका लागि सबैलाई अपिल पनि गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरु देखिनै कुल्चिँदै आएको टिप्पणी गर्दै त्यसविरुद्ध पार्टी संस्थागत निर्णयका साथ प्रस्ट रुपले विरुद्धमा उभिएको जनाएका छन् । “संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण संविधानको मर्मविपरीतको कर्म गर्ने प्रवृत्तिविरुद्ध हाम्रो सङ्घर्ष जारी छ, जारी रहनेछ,” विज्ञप्तिमा छ ।
कांग्रेसले संसद् विघटनविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने उल्लेख गर्दै जनताले दुःख पाउने गरी बन्दको आह्‍वान र आयोजना गर्ने कार्यमा नलाग्न आफू दृढ रहेकोसमेत जनाएको छ । साथै कांग्रेसले विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई पनि सो अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *