रुरु जलविद्युतलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्न अनुमति


रुरु जलविद्युत परियोजनाले प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो ।

कम्पनीले आईपीओ निष्काशन गर्नको अनुमति माग गर्दै असार २५ गते बोर्डमा निवेदन दिएको थियो । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता, दोस्रो चरणमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ५ सयको २० प्रतिशत शेयर जारी गर्न लागेको हो । योमध्ये १० प्रतिशत शेयर स्थानीय बासिन्दाका लागि र १० प्रतिशत शेयर सर्वसाधारणमा जारी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *