१३ वर्षपछि एउटै चलचित्रमा जोन र अभिषेक


मुम्बई । अभिनेता-निर्माता जोन अब्राहमले मार्चमा हिट मलायलम चलचित्र ‘अय्याप्पनम कोशीयम’को हिन्दी रिमेक गर्ने अधिकार लिएका थिए । यसको हिन्दी रिमेकमा दुई अभिनेता को हुनेछन् भन्ने जान्न दर्शक उत्सुक थिए । अन्ततः दर्शकको कौतहुलताको जवाफ मिलेको छ ।

बलिउड हंगामाका अनुसार यस चलचित्रमार्फत ‘दोस्ताना’ अभिनेताद्वय जोन अब्राहम र अभिषेक बच्चनले करिब १३ वर्षपछि स्क्रिन सेयर गर्न लागेका हुन् । मौखिक रूपमा यी दुई कलाकारबीच कुराकानी भइसकेको र चाँडै नै कागजी काम पनि पूरा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *