हिन्दु धर्म-संस्कार भित्र रहेका केही वैज्ञानिक पक्ष


नमस्कारको चलन

हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ ।
महिलाले गोडाका औंलामा औंठी लगाउने चलन
भारतीय हिन्दु महिलाहरूले आफ्नो गोडाको औंलामा औंठी लगाउने गर्छन् । यो विवाहिता महिलाको विशेषता मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण पनि छ । सामान्यतया औंलाका औंठी दोस्रो औंलामा लगाइन्छ । दोस्रो औंलामा रहेको एक विशेष नसाले गर्भाशयलाई जोड्छ र त्यो मुटुमा पुग्छ ।

यो औंलामा औंठी लगाउँदा गर्भाशय मजबुत हुन्छ । यसले रक्तप्रवाहलाई नियमित गरेर स्वस्थ बनाउँछ र महिनावारीलाई नियमित बनाउँछ । यो औंठी चाँदीको हुने हुनाले यसले पृथिवीबाट ध्रुवीय ऊर्जालाई सोस्छ र शरीरमा पठाउँछ ।

नदीमा सिक्का फाल्ने चलन

नदीमा सिक्का फाल्दा सौभाग्य प्राप्त हुन्छ भन्ने कारण प्रायः दिइन्छ । तर वैज्ञानिक तवरले भन्नुपर्दा प्राचीन समयमा प्रयोग गरिने अधिकांश मुद्राहरू तामाबाट बनेका हुन्थे, अहिलेको जस्तो स्टिलबाट हैन । तामा मानव शरीरका लागि अत्यन्त उपयोगी धातु हो । पहिले नदी मात्र जलको स्रोत भएकाले पानी पिउँदा हाम्रो शरीरले पर्याप्त मात्रामा तामा पनि लिन सकोस् भनी सुनिश्चित गर्नका लागि हाम्रा पुर्खाले तामा फाल्न लगाएका हुन् । यो अभ्यास पालन गरून् भनी सुनिश्चित गर्नका लागि यसलाई परम्परा नै बनाइएको हो ।

निधारमा ‘तिलक’ लगाउने चलन

निधारमा दुई आँखीभौंको बीचमा रहेको थलोलाई प्राचीनकालदेखि नै मानव शरीरको प्रमुख स्नायुविन्दुका रूपमा लिइन्थ्यो । ऊर्जाको क्षय रोक्नका लागि तिलकको महत्व रहेको विश्वास गरिन्छ ।

आँखीभौंका बीचमा रातो ‘कुमकुम’ लगाउँदा मानव शरीरमा ऊर्जा कायम राख्न मद्दत पुग्छ र ध्यानका विविध तहलाई नियन्त्रण गर्न सकिन्छ ।

आँखीभौंको मध्यको भाग र आद्यचक्रमा कुमकुम लगाउँदा ती स्वतः थिचिन्छन् । यसले अनुहारका मांसपेशीमा रक्तप्रवाहलाई बढाउँछन् ।

मन्दिरमा घन्टी राख्ने चलन

मन्दिरमा दर्शन गर्न आउने मानिसले गर्भगृह, भन्नाले मूर्ति राखेको ठाउँ, मा प्रवेश गर्नुअघि घन्टी बजाउँछन्, बजाउनुपर्छ । आगमशास्त्रका अनुसार घन्टीकोले पाप शक्तिहरूलाई भगाउँछ भने भगवानलाई घन्टीको आवाज सुमधुर लाग्छ । तर यसको वैज्ञानिक कारणका बारेमा कुरा गर्नुपर्दा घन्टीको ध्वनिले हाम्रो मनलई सफा पारेर हामीलाई जागरुक बनाउन तथा भक्तिको उद्देश्यपूर्तिका लागि पूर्ण ध्यान दिन मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *