फागुन १ गते नेकपा ओली समूहको बुटवलमा जनसभा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह रुपन्देहीको एकताको जिल्ला अधिवेशनका लागि अधिवेशन आयोजक कमिटी गठन भएको छ ।
नेकपा जिल्ला कमिटी रुपन्देहीको बुटवलमा बसेको पाँचौं पूर्ण बैठकले एकताको अधिवेशनका लागि आयोजक कमिटी गठन गरेको हो ।अधिवेशन आयोजक कमिटीलाई सोमवारै शपथग्रहण गराइएको छ । साविकका नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको जिल्लाको एकता अधिवेशनका लागि १ हजार १९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको हो ।
नेकपा रुपन्देहीको एकताको अधिवेशनका लागि सबैखाले तयारी गर्ने भन्दै नेकपाको १ हजार १९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको छ । कमिटीले छिट्टै अधिवेशनको मिति तय गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने र १६ वटै पालिकाका सबै तहका कमिटीका भेलाहरू गर्ने लगायतका निर्णय गरेको नेकपा रुपन्देहीका सचिव विश्वराज बरालले जानकारी दिएका छन्। ।