किन भेटे मन्त्रीले जेलमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लवका नेतालाई ?
खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागार पुगेर नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतालाई भेटेका छन्। आज बिहान कारागारको निरीक्षण गर्न भन्दै पुगेका खानेपानी मन्त्री थापाले जेलभित्र रहेका विप्लव समूहका नेताहरूलाई भेटेका हुन्। मन्त्री थापाले जेलभित्र रहेका हेमन्तप्रकाश वलीलाई भेटेका हुन्।
मन्त्री थापाले निरिक्षणको क्रममा साथीको हैसियतले सामान्य कुराकानी भएको बताएका छन्। मेरो पुरानो साथी, भ्रमणको क्रममा भेट भयो। के पढिरहनु भएको छ? कारागारभित्र सफाइको अवस्था कस्तो छ? भन्ने विषयमा सामान्य कुराकानी भयो, मन्त्री थापाले भने।
प्रतिनिधिसभा विघटनपछि नेकपा कम्युनिस्ट पार्टी ( नेकपा) दुई गुटमा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबन्धित विप्लव समूहसँग केही सकारात्मक देखिएका छन्। सकारले विप्लव समूह माथि लगाएको प्रतिबन्ध समेत फुकुवाको तयारी समेत गरिरहेको छ।