रोचक तथ्यहरुले भरिएको संस्कृत भाषाका बारे जानिराख्नुस्
हिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं
संस्कृत विश्वको प्राचीनतम भाषा हो । पश्चिमका प्राचीन भाषाविज्ञानको दृष्टिमा संस्कृत इन्डोआर्य परिवारको भाषा हो ।
संस्कृतको प्रत्यक्ष र परोक्ष प्रभाव संसारका लगभग ९७ प्रतिशत भाषामा परेको बताइन्छ ।भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पारसी र अरबी सबै संस्कृतपछि आएका हुन् ।भारतवर्षका अधिकांश भाषाहरू उत्पत्ति संस्कृतबाटै भएको हो ।
संसारको सबभन्दा प्राचीन ग्रन्थ ऋग्वेद संस्कृतमा नै लेखिएको थियो । अनेकौं बौद्ध तथा जैन ग्रन्थहरू पनि संस्कृतमा लेखिएका हुन् ।
संस्कृतको विकास दुई चरणमा भएको हो । पहिलो चरणमा वैदिक संस्कृत थियो जसमा वेद, उपनिषद्हरू लेखिए ।
त्यसपछि दोस्रो चरणमा पाणिनी व्याकरणमा आधारित लौकिक संस्कृतमा ‘अभिज्ञान शाकुन्तलम्’ जस्ता पुस्तक लेखिए ।
वर्तमान संस्कृत पाणिनी व्याकरण अनुसार छ ।
संस्कृत भाषामा पर्यायवाची शब्दको भरमार छ । हात्तीको सयवटा पर्यायवाची शब्दहरू छन् ।
नासाका वैज्ञानिक रिक ब्रिग्सका अनुसार विश्वमा संस्कृत मात्र स्पष्ट भाषा हो ।
जुलाई १९८७ मा फोर्ब्स म्यागेजिनले संस्कृतलाई कम्युटरका लागि सबभन्दा अनुकूल भाषा लेखेको थियो ।
अहिले जर्मनीका १४ वटा विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ ।
भारतीय संविधानको आठौं अनुसूचीमा भएका २२ भाषामा संस्कृत पनि छ ।
सन् २००१ को जनगणनामा संस्कृत भारतमा १४ हजार १३५ मानिसको प्रथम भाषा थियो ।
नेपालको जनगणनामा एक हजार ६ सय ६९ मानिसको मातृभाषा संस्कृत थियो ।