माथिमाथि खुट्टा टेकेर उफ्रिएर कुदेको देखियो : केपी शर्मा ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले बिहीबार बुटवलमा गरेको जनसभाप्रति कटाक्ष गरेका छन् । राजधानीमा शुक्रबार आयोजित महानगर कमिटीको भेलामा ओलीले २९ गते बुटवलमा बृहत् आमसभा गरेर देखाइदिने बताए ।

फेरि उनीहरु दुईतिहाई लगभगका पार्टी फुटाएर विभिन्न टुक्राटाक्री जोडेर सरकार बनाउने खेलोमेलोमा लागिरहेका छन् । हिजो पनि उनीहरुले बुटवलमा ५-७ हजार मान्छे जम्मा गरेछन् । भुईंमा खुट्टा भएनछ, उनले कटाक्ष गर्दै भने, माथिमाथि खुट्टा टेकेर उफ्रिएर कुदेको देखियो । २९ गते त्यो ठाउँ सानो हुन्छ हामीलाई त्योभन्दा ठूलो ठाउँ खोजेर बृहत् आमसभा गर्नेछौं । त्यसपछि उनीहरुले थाहा पाउनेछन् ।
प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल अदालतमा गएर संसद पुनस्स्थापना गर्न दबाब दिइरहेको बताउँदै भने, डेढ वर्षपछि त चुनावमा जानै पर्छ होला के गर्छौं बाबु हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *