अदालतले संविधानको व्याख्या गर्ने हो, काल्पनिक कुरा गर्ने होइन : गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास रहेको बताएका छन् । संविधानमा लेखिएका बाहेक काल्पनिक कुराको व्याख्या अदालतले गर्न नमिल्ने उनले बताए ।
“सर्वोच्चमा उभिएर बीपी कोइरालाले कतैबाट प्रभावित नभए मात्र अदालतको प्राण तटस्थतामा मात्र रहन्छ, दायाँ–बायाँ हेरेर हैन, संविधान हेरेर न्यायको रोहमा बसेर फैसला गरोस भन्नुभएको थियो,’’ उनले भने, “त्यो पार्टीका कार्यकर्ता हामी अदालतबारे बोल्नु हुँदैन हैन, अदालतले के गर्दै छ भनेर हेरने आँट गर्नुपर्छ उनले भनेका छन्’’
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले शुक्रवार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रतिनिधि सभा विघटनका सम्बन्धमा कांग्रेस बोलिसकेकाले अदालतसँग तर्सिनु आवश्यक नभएको बताएका हुन् ।