आयोगलाई ओली पक्षको सन्देश, निर्वाचनको तयारीमा अघि बढ्नु


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विवादमा निर्वाचन आयोगले आज ओली र प्रचण्ड-नेपाल दुवै पक्षलाई आयोगमा डाकेको थियो । नेकपाको विवादले निर्वाचनको तयारी अघि बढाउन समस्या हुन सक्ने भन्दै दुवै पक्षलाई डाकेकोमा प्रचण्ड-नेपाल पक्षले आयोगले संवैधानिक अंगको रुपमा तटस्थ भूमिका देखाउन नसकेको भन्दै आयोगको भूमिकामा प्रश्न उठाएर फर्किएको छ ।

तर, ओली पक्षले भने आयोगलाई निर्वाचनको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको छ । सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा निर्वाचन प्रभावित नहुने भन्दै आयोगले आफ्ना काम नियमित गर्न आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *