कविता
कामरेडको देशमा
–भरत भारद्वाज
कामरेडको देशमा
घाँसहरूले गमलामा स्थान पाउँछन्
पूmलहरूले सडकमा
कामरेडको देशमा
मूर्खहरू सत्तामा पुग्छन् सजिलै
विद्वान्हरू सङ्घर्ष गर्छन् तलै
कामरेडको देशमा
अल्पज्ञहरू मञ्चमा भाषण गछन्
सर्वज्ञहरू स्रोता बन्छन्
कामरेडको देशमा
कामरेड सर्वहाराको काँध चढेर केरा खान्छ
सर्वहारा केराको बोक्रा चपाउँछ
कामरेडको देशमा
ईश्वरको मूर्तिलाई सामन्ती भनेर हटाइन्छ
ईश्वरको विरोधीको सालिक बनाइन्छ
कामरेडको देशमा
उद्योगीहरूलाई अपाङ्ग पारिन्छ
खाली ठाउँमा गफाडी भरिन्छ
कामरेडको देशमा
योग्य ड्राइभरलाई हटाइन्छ
खलासीलाई स्टेरिङ दिइन्छ
कामरेडको देशमा
पूँजीलाई निस्कृय पारिन्छ
बदलामा सङ्घर्ष मात्र सक्रिय हुन्छ
कामरेडको देशमा
भ्रष्टहरूलाई तह लाइन्न
बरू भ्रष्टका विरोधीहरूलाई दबाइन्छ
कामरेडको देशमा
अन्धकारलाई पाखा लाइन्न
बरू अन्धकारै नभएको प्रचार गराइन्छ
कामरेडको देशमा
तानाशाहको सालिक भत्काइन्छ
खाली ठाउँमा आफ्नै एकतन्त्री सालिक बनाइन्छ
कामरेडको देशमा
कामरेड बाहेक सबै सर्वहारा भइरहन्छन्
सर्वहाराको यही पैmलावटले कामरेडहरू रही रहन्छन् ।