तनहुँ बन्दीपुरबाट फिल्म गणपतिको छायांकन शुरु


काठमाडौँ। अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म ‘गणपति’ को बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट छायांकन सुरु भएको छ ।

गाउँले परिवेशको कथामा बन्न लागेको फिल्मको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ ।भगवान र मानिसबीचको फरक देखाइने फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि।एल लगायतको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *