प्रचण्ड-माधव पक्षको प्रदर्शन आज


काठमाडौं। सडकमा ओर्लिएको नेकपाले आज काठमाडौंमा सरकारविरुद्ध आन्दोलन गर्दैछ। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वमा रहेको नेकपाले रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो।

प्रतिनिधि सभा विघटनपछि सत्ताबाट सडकमा झरेको नेकपाले काठमाडौंमा पटकपटक शक्ति प्रदर्शन गर्न थालेको छ। आज दुई लाख मानिस काठमाडौंमा उतार्ने र उपत्यका अस्तव्यस्त पार्ने उर्दी नेताहरुले गरिसकेका छन्।

केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको निर्देशिकामा देशभरबाट आएका नेता कार्यकर्तालाई बिहान पौने ११ भित्र सम्बन्धित आर्कमा उपस्थित हुन उर्दी गरेको छ।
आफ्नो संगठनलाई छुट्याइएको आर्कमा अनिवार्य उपस्थित भैसक्नुपर्नेछ। सहभागी हुन भनी प्रस्थान गरेर पिन समयमा नआइपुग्नुको कुनै रहने छैन, निर्देशिकामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *