कफी पिउनु स्वास्थ्यका लागि कति फाइदाजनक
केही अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।
यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो । एनाल्स अफ इन्टरनेल मेडिसिन नामको जर्नमा छापिएको शोधका अनुसार एक कप अतिरित्त कफी पिउनाले कुनै पनि मानसिको आयु लामो हुन सक्छ । भलै यो कफी डिकफिनेटेड किन नहोस् ।
तर केही विशेषज्ञाले शोधको नतिजामा शंका व्यक्त गरेका छन् । यी विशेषज्ञका अनुसार कफिकै कारण मानिसको आयु बढेको दाबी गर्न नसकिने बताएका छन् ।
उनीहरुले कफीका कारण भन्दा कफी पिउने मानिसको जीवनशैलीका कारण आयु बढेको भन्दै प्रश्न गरेका छन् ।
इन्टरनेशनल एजेन्सि फर रिसर्च अन क्यान्सर एण्ड इम्पेरियल कलेज लण्डनका शोधकर्ताका अनुसार अधिक कफी पिउनेको सम्बन्ध मुटु र अन्य विरामीका कारण हुने मृत्युको जोखिम कम गर्नेसँग सम्बन्धित छ ।