सांसद किनबेचको स्थिति आएकाले प्रतिनिधिसभा विघटन : केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहीवार उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाए ।‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ ।
यसमा हामी सबै सजग हुनुपर्छ ।

देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ,’ उनले भने, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौं । काला झण्डा बोकेर हिँड्नेवाला होइनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *