पत्रकारप्रति ओलीको आक्रोश वा कुण्ठा,भाषा बन्यो बहाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले प्रयोग गर्ने भाषाका विषयमा असन्तुष्टि जनाएका छन् । “हिजो राजतन्त्र हुँदा, राजा हुँदा, राजाका श्रीमती छोराछोरी हुँदा कसरी बोल्थ्यौँ ?,” ओलीले पत्रकारको भाषामा प्रश्न उठाउँदै भने, “ खानुभयो भन्दा खाइबक्स्यो भन्नुपथ्र्यो, हिड्नुभो भन्दा हिँडिबक्स्यो भन्नुपर्थ्यो । आज आएर खानुभयो हिँड्नुभयो भन्न पनि गाह्रो ?”
अंग्रेजी भाषाको प्रभावबाट आफ्नो भाषा बिर्सिएको भन्दै असन्तोष व्यक्त गरेका ओलीले दशक अघिसम्म राजा र राजपरिवारका विषयमा कस्तो भाषा प्रयोग गरिन्थ्यो भन्दै प्रश्न उठाए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद ‘ड्रामा’ हो र? भन्दै प्रश्न गरेका छन् ।
आफूनिकट प्रेस सङ्गठनले आयोजना गरेको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले जी टीभीका पत्रकार सुधीर चौधरीले सगरमाथा मापन गर्ने राजनाथ सिक्दरको नाम राख्नुपर्ने भन्दा यहाँ ‘राष्ट्रवादको बबन्डर’ मञ्चाइएको बताए ।
जी टीभीले सगरमाथा खान्छु भनेर नभनेको भन्दै उनले राष्ट्रवाद ‘नौटङ्की’ नभएको बताएका हुन् ।