धर्मेन्द्रले गरे किसानको आन्दोलनलाई समर्थन
बलिउड अभिनेता धर्मेन्द्रले किसान आन्दोलनलाई समर्थन गरेका छन्।
भारतमा ४० दिनदेखि कृषि कानुनविरुद्ध आन्दोलन चलिरहेको छ। सरकारसँग विभिन्न चरणमा वार्ता भए पनि निकास नस्किन सकेको छैन। यसैबेला धर्मेन्द्रले किसानलाई न्याय दिनुपर्ने बताएका छन्। किसानको माग सम्बोधन गरेर न्याय दिनुपर्ने उनले ट्वीटरमा लेखेका छन्।
यसअघि पनि धर्मेन्द्रले चिसोमा सडकमा बसेर आन्दोलन गरिरहेका किसानको सरकारले तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका थिए।धर्मेन्द्रका जेठा छोरा तथा अभिनेता सनि देओल भारतीय जनता पार्टिबाट सांसद छन्।


