देशबासीका नाममा सम्बोधन गर्दै लकडाउन घोषणा
बेलायत। प्रधानमन्त्री बोरिस जोन्सनले देशमा एकपटक फेरि लकडाउन आवश्यक रहेको जनाउँदै पुन लकडाउन जारी गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री जोन्सनले प्राथमिक तथा माध्यमिक स्कुलहरु तत्काल बन्द हुने जनाएका छन्। विद्यार्थीहरुलाई घरबाटै पढ्न उनले आग्रह गरेका छन्।
यद्यपि बालबालिकाका लागि खेल्ने ठाउँ खुल्ला रहने र उनीहरु पढ्ने नर्सरी कक्षा पनि खुल्ला रहने जनाइएको छ। उनले परिस्थिति राम्रो बन्दै गएमामात्र फेब्रुअरी मध्येबाट लकडाउन खुला गरिने बताएका छन्।