प्रधानमन्त्रीको विरोधमा पुत्ला जलाउनेदेखि बयलगाडा प्रदर्शन हुने
काठमाडौं। प्रचण्ड माधव पक्षको अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
आज बागबजारमा प्रेस सम्मेलन गरी अनेरास्ववियुले पुस ५ गते सरकारले चालेको कदमको कडा विरोध गर्ने जनाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेका थिए। अनेरास्ववियले आजैबाट सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राख्ने र कोणसभा गर्ने जनाएको छ।
९ दिनसम्म जारी रहने विरोध कार्यक्रममा पुस २६ गते बयलगाडँ प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।