पार्टी फुटाउनकै लागि खुमलटारमा २८० बैठक : केपी ओली


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउनकै लागि मात्रै खुमलटारमा २८० पटक बैठक बसेको खुलासा गरेका छन् ।

बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,“नेतृत्व खुइल्याउन र पार्टी फुटाउन मात्रै २८० बैठक त खुमलटारमै बसेका रहेछन् । अरु ३५ बैठक बाहिर बसेका रहेछन् ।”
“चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ ।” राष्ट्रपति विद्यादेवी भण्डारीमा असाधारण देशभक्ति भएको बताउदै भने “देशले पहिलोपल्ट महिला राष्ट्रपति पाएको छ । गरिमामय, जिम्मेवार ढङ्गले व्यवहार गर्ने, सालिन र भद्र महिला जसमा असाधारण देशभक्ति छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *