कांग्रेस केन्द्रीय समितिको निष्कर्ष, आन्दोलनको मोर्चामा जाने
काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जारी केन्द्रीय समितिको बैठकले कांग्रेस आन्दोलनमा नै रहेको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।कांग्रेसविरुद्ध आएका गलत समाचारको खण्डन पनि गरेका छौँ,” प्रवक्ता शर्माले भने, “यो सरकारले नैतिक र राजनीतिक हिसाबले शासन गर्ने अवस्था गुमाएको छ ।
हामी ओलीका सारथीसँग पनि मिल्दैनौँ, एक्लै जान्छौँ ।” उनका अनुसार पुस २५ गते कांग्रेसले प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने छ भने माघ ३ गते ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्नेछ ।
माघ ८ गते सबै वडामा विरोध सभा गर्ने निर्णय गरेको छ । कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको पनि शर्माले बताए।