नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण


काठमाडौँ। नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ सर्वसाधारणको मृत्यु भएको छ ।

मालीको सीमा नजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।घटनामा अन्य १७ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा भएको हमलामा ४९ जनाको मृत्यु भएको छ । सोही क्षेत्रको जाराउम्डारेमा भएको हमलामा ३० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *