‘मुभी लभर्स कम्युनिटी’ले फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने


सामाजिक सञ्जालमा चर्चित मुभी लभर्स ग्रुपले असोज ८ गते नयाँ नेपाली फिल्म ‘आँखा’ को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको लगानी तथा निर्देशनमा बनेको ‘आँखा’ ले सहरी गरिव तथा सुकुम्वासीको कथा बोकेको छ । पोस्टर र टीजर सार्वजनिक भएसँगै ‘आँखा’ले दर्शकको ध्यान तानेको थियो । स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर मुभी लभर्स कम्युनिटीुले यो फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक फिल्मलाई आम दर्शकसामु पुर्याउने र त्यसमा वहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ । ‘राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ’, कम्युनिटीले आफ्नो पोस्टमा भनेको छ– ‘हाम्रो दशौँ वार्षिकोत्सवलाई आँखासँगै मिलेर मनाउँदै छौँ । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो ।’ ‘आँखा’ मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ ।

‘मानवता, सामाजिक दवाव, नैतिकता र गरिवीजस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्, निर्देशक योन्जन भन्छन् – ‘यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने सङ्घर्षको मार्मिक दृष्टिकोण हो ।’ दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्साउन आँखाको रमाइलो कथा तयार गरिएको उनी बताउँछन् ।यो फिल्म असोज ८ गते मंगलवार साँझ ५ बजे सुनधारास्थित सिडीसी सिनेमामा प्रदर्शन हुनेछ ।

टिकट वेबसाइट https://movieloversnp.com/product/aakha/ बाट खरिद गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *