फिल्म ‘बम बहादुर’को प्रदर्शन मिति तय


फिल्म ‘बम बहादुर’को प्रदर्शन मिति तय गरिएको छ । नायक सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मको फस्टलुक सार्वजनिक गर्दै कार्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरिएको हो ।

सार्वजनिक फस्टलुकमा नायक सौगात मल्ललाई लडाकूको अवतारमा देखाइएको छ । यो फिल्ममा जोन राईको निर्देशन छ । उनका अनुसार, सस्पेन्स, थ्रिलर, रोमान्स र सामाजिक कथामा यो फिल्म तयार भएको छ । यो फिल्मले बम बहादुर नाम पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाँले कसरी वर्तमानमा उसको जीवनलाई प्रभावित बनाएको छ भन्ने कथा प्रस्तुत गरेको छ ।बिस्ट ब्रदर्स फिल्मस् प्रा.लिको निर्माणमा बनेको यो फिल्मको मुख्य भूमिकामा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, वाशित कार्की, सुरेश पाँचकोटी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।

सञ्जीव कार्कीको निर्माणमा तयार भएको फिल्ममा जोन राई र रुपेश तामाङको कथा तथा पटकथा, सुजोय कुमार घोषको छायांकन, ज्ञान गुरुङको सम्पादन, दीपङ्कर सिंह मुखियाको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *