मनसुनजन्य विपद् : जेठ २८ यता १७३ जनाको मृत्यु, २२३ घाइते


नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी सोमबार (हिजो) दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ । विपद्मा परी देशभर ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको जेठ २८ गतेयता बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २६ जनाको मृत्यु भएको छ । मधेसमा सात, वाग्मतीमा ३१, गण्डकीमा ५४, लुम्बिनीमा ३३, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा ११ गरी १७३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ११, कोसी प्रदेशमा ३७ जना घाइते भए । मधेसमा ११, वाग्मतीमा २३, गण्डकीमा ४६, लुम्बिनीमा १३, कर्णालीमा ५४ र सुदूरपश्चिम प्रदेशमा २८ गरी २२३ जना घाइते भएका तथ्यांक छ ।

बाढीपहिरोमा परी कोसीमा दुई, वाग्मतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *