साउनको अन्तिम सोमबार देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो


साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । काठमाडौंको सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म जल चढाउन गेरुवस्त्रधारी ‘बोलबम’ हरुको पनि भीड लागेको छ ।

साउन महिना र सोमबारलाई भगवान शिवको विशेष महिना र बार मानिन्छ । आज बिहानै स्नान गरि शिवालयमा पूजा एंव दर्शन गरेमा मनोकांक्षा पुरा हुने, अटल शौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । आज साउनको अन्तिम सोमबार भएकाले सोमबारे ब्रत बस्नेले गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी ब्रत समापन गरिन्छ ।

आजै बोलबम भन्दै गरुवस्त्र धारण गरि खाली खुट्टा जलाशयबाट जल ल्याइ शिव लिंगमा चढाउने गरिन्छ । नेपाल र भारतका शिवालयहरुमा साउन महिनामा बोलबम भन्दै हिडेका गेरुवस्त्रधारी भक्तजन धेरै भेटिन्छन् । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिसम्म पैदल आएर चढाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *