सन नेपाल लाइफको नाफा घट्यो


सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ । प्रकाशित वित्तीय वित्तीय विवरण अनुसार कम्पनीको गत आवमा नाफा घटेको छ ।

उक्त अवधिसम्ममा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७८ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत अघिल्लो आवको तुलनामा २६ प्रतिशतले घटेको छ ।

यसैगरी, उक्त अवधिसम्ममा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै उक्त अवधिमा कम्पनीले पुनर्बीमातर्फ ४३ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७६ करोड ९९ लाख रुपैयाँ पुनर्बीमातर्फ खर्च गरेको थियो ।

कम्पनीले  समीक्षा अवधिमा ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यो गत आवको तुलनामा १५ प्रतिशतले बढी हो ।

वित्तीय विवरणमा उल्लेख भएअनुसार कम्पनीको शेयर प्रिमियम १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोष १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटी ३७ करोड २१ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीले ३२ करोड ६३ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३४ करोड ६६ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी १४.५१ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५७.७८ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *