भारतीय विदेश सचिव मिश्री काठमाडौंमा


भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा विदेशमन्त्री मिश्री नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले मिश्रीलाई स्वागत गरिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ ।

साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेश सचिवमा नियुक्त भएका हुन् । विदेश सचिव मिश्री भोलि साउन २८ गते स्वदेश फर्किने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *