‘१२वीं फेल’ हिन्दी फिल्म वरीयताको शीर्ष स्थानमा


विक्रान्त मैसीको मुख्य भूमिका रहेको भारतीय फिल्म वरीयताको शीर्ष स्थानमा निस्किएको छ । सामान्य परिवारको युवक आईपीएस अफिसर बन्न मनोज नामको युवकले गरेको संघर्षमा आधारित यो फिल्म २० करोडको लगानीमा बनेको हो । 

विधु विनोद चोपडाको निर्देशन रहेको यो फिल्म गत वर्ष अक्टोबर २३ मा प्रदर्शनमा आएको थियो । सत्य घटनामा आधारित यस फिल्मले हलमा दर्शक तान्न सकेको थिएन । यद्यपि ६६ करोड भारुको व्यापार गरेको थियो । तर, ओटीटी प्लेटफर्ममा भने फिल्म सुपर हिट बन्यो । डिसेम्बर २९ बाट अनलाइन प्लेटफर्ममा उपलब्ध यो फिल्मले ‘माउथ पब्लिसिटी’ एकदमै राम्रो पाएको छ । यो फिल्मले आईएमडीबीमा सबैभन्दा बढी रेटिङ पाउँदै भारतीय फिल्महरूलाई पछि पारेको छ । १० मा ९ दशमलव २ रेटिङका साथ यो फिल्मले २५० उत्कृष्ट हिन्दी फिल्मलाईपछि पारेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *