विश्वकप अगाडि अभ्यासमा व्यस्त यू-१९ क्रिकेट टिम
नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ ।
पहिलो अनौपचारिक अभ्यास खेलमा नेपालले स्कटल्याण्डमाथि एक सय ३५ रनको जित निकालेको छ । नेपालका अलराउन्ड गुल्सन झाको शतकमा २८५ रनको विशाल लक्ष्य पाएको स्कटल्याण्ड ४३.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४९ रनमा समेटिएको थियो । नेपालले अब एक अनौपचारिक र दुई औपचारिक अभ्यास खेल खेल्दैछ ।
विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो।
नेपालले पुस २८ गते स्कटल्याण्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दैछ। यसको व्यवस्थापन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गरेको क्यानले जनाएको छ।नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो।