सोनमको फिल्म ‘ब्लाइन्ड’ को सुटिङ सुरु
मुम्बई । अभिनेत्री सोनम कपुरले फिल्म ‘ब्लाइन्ड’को सुटिङ सुरु गरेकी छन् ।कोरियन हिट एक्सन थ्रिलर फिल्म ‘ब्लाइन्ड’ को हिन्दी रिमेकको रुपमा यो बन्न लागेको हो । फिल्ममा सोनमको साथमा पुरब कोहली र विनय पाठक पनि मुख्य भूमिकामा देखिनेछन् ।
शोम मखिजा निर्देशक रहेको फिल्मको सुटिङ स्कटल्याण्डमा भइरहेको छ ।फिल्मको एक महिला पुलिस अफिसरकोा कथामा आधारित छ,जसले कार दुर्घटनामा आँखाको ज्योती बन्द भएपनि भित्री सेन्सको मद्दतबाट पुलिसको एउटा केसका लागि सहयोग गर्छिन्। निर्देशक सुजेय घोष यो सिनेमाका निर्माता हुन्।