सिंगटी हाइड्रोले हकप्रद निष्कासनका लागि पायो अनुमति


सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हकप्रद निष्कासनको लागि पुस ११ गते बोर्डबाट अनुमति पाएको कम्पनीले नेप्से मार्फत जानकारी दिएको हो ।

अब कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ ।हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *