कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसमा विशेष कार्यक्रम गर्ने
नेपाली कांग्रेसले यसवर्ष पनि राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मेलमिलाप दिवसको सन्दर्भमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यो वर्ष कांग्रेसले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर दिवस मनाउँदै छ ।
“विगतमा हामीले आन्तरिकरूपमा मात्रै यो दिवसलाई मनाउने गरेका थियौँ । तर, मेलमिलाप दिवसले नेपालको राजनीतिमै महत्त्वपूर्ण अर्थ राखेको पृष्ठभूमिलाई ख्याल गर्दै यो वर्ष सबै राजनीतिक दलहरूलाई समेत बोलाएर अन्तरक्रिया गर्ने तयारी छ,” उनले भने ।