खुमलटारमा चिनियाँ प्रतिनिधि मण्डलको बार्ता


चिनियाँ प्रतिनिधिमण्डल र नेकपा (दाहाल–नेपाल)समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा भेटवार्ता भएको छ ।खुमलटारस्थित प्रचण्डनिवासमा भएको करिव दुई घण्टाको भेटवार्ता के कुरा भयो भन्ने केही खुलाइएको छैन ।
प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएको जनाइएको छ ।चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटारमा भेट गरेको थियो ।
नेकपा विभाजनमा पुगेपछि आएको चिनियाँ टोलीले सो पार्टीको आन्तरिक विवादमा चासो राखेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *