जनप्रतिनिधिको विश्वास लिन नसक्ने,प्रधानमन्त्रीसँग संसद् विघटनको हैसियत रहँदैन: प्रकाशमान सिंह
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर प्रदर्शन गरेको छ ।कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर–१ को सभालाई सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् विघटनबाहेक सुनकान्डका दोषी लुकाएकोदेखि महामारीमा औषधि किन्दासमेत कमिसन खाएको र कमिसन खोरहरुको संरक्षण गरेको आरोप लगाएका छन् ।
ओली सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद् नै विघटन गरेर आफू शासनमा बस्न खोजेको उनले बताए ।
सिंहले भने, “जनप्रतिनिधिको विश्वास लिन नसक्ने, संसद् र पार्टीका कमिटीको सामना गर्न नसक्ने प्रधानमन्त्रीसँग संसद् विघटनको हैसियत रहँदैन ।”