एसियाका दुई ठूला देश २०२५ सम्ममा आर्थिक शक्तिमान हुने अड्कल


यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनले २०२५ सम्ममा भारतले बेलायतलाई पछाडि पारेर विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश बन्ने देखाएको छ।
यो मात्र होइन, २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान समेत गरिएको छ ।
२०२० मा भारतीय अर्थतन्त्र एक स्थान झर्दै छैठौं स्थानमा पुगेको छ । औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको हो । उक्त रिपोर्टमा २०१९ मा भारतको वृद्धि दर ४.२ प्रतिशत थियो । जुन १० बर्षको न्यूनतम वृद्धि हो ।

त्यस्तै उक्त प्रतिवेदनमा चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ ।
चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ । भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ । सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ ।
चीनमा कोरोनाभाइरस पहिले देखिएको भए पनि यसले छिटै कडा प्रावधान लागु गरेर नियन्त्रण गरेको छ जसले अन्य देशहरूमा जस्तो पटकपटक लकडाउनका कारण त्यहाँको अर्थतन्त्र ठप्प पार्नुपरेको छैन ।

चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ ।
चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड–१९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि भएको सेन्टरका उपाध्यक्ष डगलस म्याकविलियम्सले बताए ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *