प्रहरीको सर्च अपरेसनमा व्यापकता, उपत्यका भित्रिने नाकामा पनि कडाइ


प्रहरीले उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गर्न थालेको छ । व्यवसायी दुर्गा प्रसाईंले ७ मंसिरदेखि उपत्यकामा प्रदर्शन गर्ने घोषणा गरेसँगै प्रहरीले उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरेको हो ।

उपत्यका प्रवेश गर्ने प्रर्दशनकारीहरूले अवैध हतियारसमेत ल्याउन सक्ने आशंका गर्दै प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । त्योबाहेक प्रहरीले उपत्यकाका विभिन्न होटल तथा पार्टी प्यालेसहरूमा समेत नयाँ मानिसको आवतजावतबारे सर्च गर्न थालेको छ ।

प्रहरीले स्रोतले भन्यो, “प्रसाईंको अभिव्यक्ति उत्तेजित पार्ने खालको छ । कोही प्रदर्शनकारीले लाठी भालासमेत ल्याउन सक्ने आशंका हाम्रो हो । त्यसैले हामीले नाकादेखि होटलसमेत सर्च गर्न थालेका छौँ ।”

तर, हालसम्म उपत्यकामा शंकास्पद कुनै मानिसको प्रवेश नभएको प्रहरीको भनाइ छ । प्रसाईंले प्रदर्शन घोषणा गरेकै दिन नेकपा (एमाले)को युवा संघले समेत विरोध कार्यक्रम राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *