संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्याउन तीन दलबीच सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार सरकारी निवास बालुवाटारमा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफल गरेका छन्।उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथासक्य चाँडो टुंग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संघीय संसद्को आगामी अधिवेशनबाट पारित गराउने विषयमा पनि सकारात्मक छलफल भएको बताइएको छ।
उनीहरूबीच शान्ति सम्झौताका १७ वर्षका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजनाबारे छलफल भएको थियो। २०६३ मङ्सिर ५ गने तत्कालीन नेकपा(माओवादी) र प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो।