जलवायु संकटको भयानक प्रभाव देखेँ –राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले भयानक प्रभाव पारेको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसबाट उनले आफूले जलवायु संकटको भयानक प्रभाव देखेको बताएका हुन् ।
उनी सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा सगरमाथा क्षेत्रमा गएका थिए ।
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले भयानक प्रभाव पारेको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसबाट उनले आफूले जलवायु संकटको भयानक प्रभाव देखेको बताएका हुन् ।
उनी सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा सगरमाथा क्षेत्रमा गएका थिए ।
“आज सगरमाथाको आधारबाट, म आफैँले हिमालयमा जलवायु संकटको भयानक प्रभाव देखेको छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “तापक्रम बढ्दै जाँदा, ग्लेसियर पग्लने क्रम बढ्दै जान्छ– सम्पूर्ण समुदायको जीवन र जीविकोपार्जनलाई खतरामा पार्छ ।”