जलवायु संकटको भयानक प्रभाव देखेँ –राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस


नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले भयानक प्रभाव पारेको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसबाट उनले आफूले जलवायु संकटको भयानक प्रभाव देखेको बताएका हुन् ।

उनी सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा सगरमाथा क्षेत्रमा गएका थिए ।

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले भयानक प्रभाव पारेको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसबाट उनले आफूले जलवायु संकटको भयानक प्रभाव देखेको बताएका हुन् ।

उनी सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा सगरमाथा क्षेत्रमा गएका थिए ।

सगरमाथा अगाडि उभिएर उनले ३५ सकेन्डको भिडियो बनाएर सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर)मा पोस्ट गरेका छन्

“आज सगरमाथाको आधारबाट, म आफैँले हिमालयमा जलवायु संकटको भयानक प्रभाव देखेको छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “तापक्रम बढ्दै जाँदा, ग्लेसियर पग्लने क्रम बढ्दै जान्छ– सम्पूर्ण समुदायको जीवन र जीविकोपार्जनलाई खतरामा पार्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *