१३ दिन ढिलो गरी नेपालबाट बाहिरियो मनसुन


नेपालबाट यो वर्षको मनसुन प्रणाली आइतबार (असोज २८) बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यो वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जानकारी गराएको छ ।

यो वर्ष सरदर मितिभन्दा एक ढिलो गरी जुन १४ (जेठ ३१) मा नेपालमा मनसुन भित्रिएको थियो । यो वर्षको मनसुन १२४ दिनजति नेपालमा रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *