पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति?
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।
काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई १६९ र डिजेललाई १६५ रुपैयाँ पर्ने छ ।
सुर्खेत र दाङमा पेट्रोललाई १७१ र डिजेललाई १६७ रुपैयाँ पर्ने छ ।
नयाँ मूल्य आइतबार मध्यरातिदेखि लागु हुने छ ।